लेख विवरण

ललितपुर मेयर महिला च्याम्पियनसिप : सुदुरपश्चिम र एपिएफ विजयी

ललितपुर मेयर महिला च्याम्पियनसिप : सुदुरपश्चिम र एपिएफ विजयी

काठमाडौंँ । राजधानीमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप अन्तर्गत आइतवार सम्पन्न खेलमा सुदुरपश्चिम प्रदेश र बिभागिय टोली एपिएफ क्लब विजयी भएको छ । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले आयोजक ललितपुर मेयर–११ लाई डिएल प्रणाली मार्फत १६ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदुरश्चिमले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय २२ रन बनाएको थियो । टोलीका लागि कप्तान बिन्दु रावलले सर्वाधिक ३० रन बनाउदा कविता जोशीले अविजित २५ रन बनाइन । त्यस्तै सावित्री धामी (१७), लक्ष्मी साउद (१५), सम्झना खड्का (१३) र रेवती धामीले (१०) रनको योगदान दिइन । ललितपुरका लागि आरती महतो र कृतिका मरासिनीले २-२ विकेट लिदा पुजा महतो र तृसना विश्वकर्माले समान १-१ विकेट लिइन ।

सुदुरपश्चिमले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरले ११ ओभरमा २ विकेट गुमाएर ४५ रन बनाउदा खेल वर्षाले प्रभावित भएको थियो । त्यसपछि भने लगतार वर्षाका कारण खेल सुचारु हुन नसकेपछि सुदुरपश्चिम डिएल प्रणाली मार्फत १६ रनले विजयी भयो । खेल प्रभावित हुनुअघि ललितपुरका लागि लक्ष्मी चौधरीले १० रन बनाउदा पुजा महतो (१४) र सरस्वती जिएम (१२) रनमा अविजित रहेका थिए । सुदुरपश्चिमका लागि जानकी थापा र रितु कनौजियाले १-१ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा बिभागिय टोली एपिएफ क्लबले कोशी प्रदेशलाई २४ रनले पराजित गर्यो । बर्षाका कारण ५ ओभर छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर ५६ रन बनाएको थियो । टोलीका लागि इन्दु बर्माले १५ बलमा अविजित ३८ रनको योगदान दिइन । यस क्रममा उनले ५ चौंका र २ छक्का प्रहार गरिन् । कोशीका लागि अलिसा खडिया र हिरण्मयी रोयले १-१ विकेट लिए ।

एपिएफले दिएको ७५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी ५ ओभरमा २ विकेट गुमाउदै ३२ रनमा रोकियो । टोलीका लागि अप्सरी बेगमले अविजित (२५) रन बनाइन । त्यस्तै काजल श्रेष्ठ (४) र सानु राजबंशी (२) रन बनाएर आउट भए । एपिएफका लागि सिता राना मगरले १ विकेट लिइन । कोशीका सानु राजबंशी रन आउट भइन् ।

प्रतियोगिता अन्तर्गत भोलीको खेल बागमती प्रदेश र एपिएफ तथा कोशी र सुदुरपश्चिम प्रदेशबीच हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.