लेख विवरण

कैलाली जिल्ला लिग फुटबल : मङ्गल र भजनी युवा क्लब विजयी हुँदा धनगढी र न्यु ब्वाईजले अङ्क बाडे

कैलाली जिल्ला लिग फुटबल : मङ्गल र भजनी युवा क्लब विजयी हुँदा धनगढी र न्यु ब्वाईजले अङ्क बाडे

सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा तेस्रो दिन आज तीन खेल सम्पन्न भएका छन्। बिहान भएको पहिलो खेल मङ्गल युवा क्लब गौरीगंगा र युवा मिलन क्लब भजनी बिच भएको थियो। जसमा मङ्गल युवा क्लब ३ गोल प्रहार गर्दे विजय भयो। निर्धारित समयमा युवा मिलन क्लब भजनी गोल प्रहार गर्न सकेन। खेलको म्यान अफ द म्याच मङ्गल युवा क्लब गौरीगङ्गाका खेलाडी उमेश साउँद भए। 

त्यसै गरी  दिउँसो भएको दोस्रो खेल भजनी युवा क्लब र मिलन चोक युवा क्लब टिकापुर बिच भएको थियो। जसमा भजनी युवा क्लबले ५ गोल प्रहार गर्दै  मिलन चोक युवा क्लब टिकापुर हराएको थियो। निर्धारित खेल समयमा मिलन चोक युवा क्लब टिकापुर १ गोल फर्काउन सफल भएको थियो। उक्त खेलको म्यान अफ द म्याच भजनी युवा क्लबका प्रेम साउँद घोषित भए। 

आजै भएको दिउँसो तेस्रो खेलमा धनगढी युवा क्लब र न्यु ब्वाईज युवा क्लब खेल भएको थियो। निर्धारित खेल समयमा दुई टिमले गोल गर्न नसक्दा अङ्क बाडेका छन्। उक्त खेलको म्यान अफ द म्याच धनगढी युवा क्लबका वासुदेव चौधरी घोषित भएका थिए।

वैशाख २८ गतेदेखि सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ। कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ। 

ए डिभिजन लिनको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन्। त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.