लेख विवरण

चेन्नईले राजस्थानलाई ५ विकेटले हरायो, गायकवाडले बनाए अविजित ४२ रन

चेन्नईले राजस्थानलाई ५ विकेटले हरायो, गायकवाडले बनाए अविजित ४२ रन

काठमाडौंँ । चेन्नई सुपर किंग्सले सन् २०२४ को आइपिएल प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ । टोलीले जारी सिजनको ६१ औं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । जितसँगै सीएसके अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको १३ खेलबाट १४ अंक भएको छ ।

एमए चिदम्बरम स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । लक्ष्य पछ्याएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित ४२ रन बनाए ।

राजस्थानका लागि रियान परागले ३५ बलमा अविजित ४७ रन बनाए । त्यस्तै ध्रुव जुरेल २८, यशस्वी जैसवाल २४ र जोस बटलरले २१ रन बनाए । चेन्नईका सिमरजीत सिंहले ३ विकेट लिए । त्यस्तै तुषार देशपांडेले २ विकेट लिए ।

चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले सर्वाधिक रन बनाए । उनले ४१ बलमा अविजित ४२ रन बनाए । त्यसबाहेक रचिन रवीन्द्र २७, डेरिल मिचेल २२ र शिवम दुबेले १८ रन बनाए । राजस्थानका लागि रविचन्द्रन अश्विनले २ विकेट लिए । युजवेन्द्र चहल र नेन्द्रे बर्जरले समान १–१ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.