लेख विवरण

तेस्रो मिल्स कप टि –२० क्रिकेट : वाइआरसिसि र होराइजन क्वाटरफाइलनमा

तेस्रो मिल्स कप टि –२० क्रिकेट : वाइआरसिसि र होराइजन क्वाटरफाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसि र होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिल खेलमैदानमा सोमबार भएको पहिलो खेलमा वाइआरसिसिले विरगन्ज युथ स्पोट्स एकेडेमीलाई ५४ रन र होराइजनले भारत विहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै क्वाटरफाइलनमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको हो । वाइआरसिसिका लागि देव खनालले सतक पुरा गरे । ओपनर खेलाडी देवले २९ बलमा १२ छक्का र ६ चौका प्रहार गर्दै १ सय २ रन बनाए । राष्ट्रिय खेलाडीले भरिएको विराटनगरका लागि नारायण जोशीले १३ बलमा अबिजित ३३ रन बनाए । यस क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे । त्यस्तै इमरन नजिर र अभिषेक पलले समान २५–२५ रन बनाउदा सन्दिप खत्रिले ९ बलमा २६ रनको योगदान दिए । दिपिन खत्रीले अविजित ९ बलमा १४ रन जोडे भने सविप अन्सारीले ८ बलमा १६ रन बनाए । विरगन्जका लागि सोनु २ विकेट लिदा नितेस पटेल र सोनु शर्माले समान १–१ विकेट लिए ।

विराटनगरले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा विरगन्ज १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रनमा रोकियो । टोलीका लागि असप हुसेनले अर्धसतक पूरा गरे । उनले ३० बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै हिसुप मन्सारीले १२ बलमा अविजित २३ रन बनाउदा हन्थन यादवले २३ रन बनाए । विराटनगरका विक्रम दासले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । भोजराज भट्टले २ र हेमन्त धामीले १ विकेट लिए ।

प्रतियोगिताको प्लेर अफ द म्याच सर्वाधिक रन बनाउने खेलाडी विराटनगरका देव खनाल घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

आजै भएको अर्को खेलमा भारत (बिहार)को पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।

पूर्णियाले दिएको १ सय ३० रनको लक्ष्य होराइजनले १०.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । होराइजनको जितमा अलराउन्डर सन्तोष कार्कीले अर्धसतक बनाए । प्लेर अफ द म्याच घोषित भएका कार्कीले ३६ बलमा ८ छक्का र ९ चौका प्रहार गर्दै ८७ रन बनाए । ओपनर इमरनले २८ बलमा अविजित ४० रन बनाए । उनले ३ छक्का र ५ चौका प्रहार गरे । पूर्णियाका अरुप रजाले १ विकेट लिए ।

यसअघि विराटनगर जुटमिल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्णियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । टोलीका लागि निहलले ३७ बलमा अविजित ४१ रन बनाए । त्यस्तै सत्यसले १९ रन बनाउदा सकक्षमले १५ रनको योगदान दिए ।

होराइजनका लागि सन्तोष कार्कीले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । फिरदोस अन्सारी र दिपेसले समान २–२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल विभागिय टोली नेपाल पुलिस र पटनाको हाइ पफमेन्स क्रिकेट क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा सिराहा क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब भिड्ने भएका छन् ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालका १० र भारतका ६ टोलीको सहभागिता रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जनाए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर र बलरले जनही ११-११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ईमर्जिङ्ग प्लेयरले पाँच हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि पूर्वाञ्चल एकेडेमी क्रिकेट क्लब तथा दोस्रो संस्करण भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.