वर्षाका कारण गुजरात र कोलकाताबीचको खेल रद्द, टाइटन्स प्लेअफ दौडबाट बाहिरियो
काठमाडौंँ । आइपिएल २०२४ मा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै गुजरात टोली यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ । उता कोलकाता शीर्ष दुईमा पुग्ने पक्का भएको छ । अहमदाबादमा सोमबार साँझदेखि रातिसम्म वर्षा भएपछि अम्पायरले दुवै कप्तानसँग छलफल गरेर खेल रद्द गर्ने निर्णय गरेका थिए । र दुवै टोलीले समान १–१ अंक पाएका थिए ।
खेल रद्द भएपछि एक अंक पाएको केकेआरले १९ अंक जोड्न सफल भएको छ । उता गुजरातको ११ अंक भएको छ । अब मे १६ मा सनराइजर्स हैदरावादसँग हुने खेलमा यदि गुजरातले जित निकालेको खण्डमा टोलीले १३ अंक मात्र जोड्न सफल हुने । जुन प्लेअफमा पुग्नका लागि पर्याप्त हुनेछैन । अर्कोतर्फ कोलकाताले टप–२ मा रहने पक्का भएको छ । किनभने अंक तालिकामा रहेका कुनै पनि दुई टोलीले अब १९ वा सोभन्दा बढी अंक बटुल्न सक्ने छैनन् । अब राजस्थानसँग मात्र २० अंक पुर्याउने मौका छ ।

टिप्पणी लेख्नुहोस्