खेलकुदमा बालवालिकाको सुरक्षा तथा संरक्षण नीति बनाउन छलफल
काठमाडौंँ । खेलकुदमा बालवालिकाको सुरक्षा तथा संरक्षणका लागि नीति बढाउने विषयमा मंगलबार छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र सीडब्लुआईएनका अध्यक्ष माधव प्रधान नेतृत्वको टोलीबीच छलफल भएको हो ।
सदस्य–सचिव घिसिङले नीति बनाउन सरोकारवाला सबैसंग बृहत छलफल गरी निचोडमा पुग्नु पर्ने धारणा व्यक्त गर्दै कमिटी गठन गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सदस्य–सचिव घिसिङले खेलाडी, प्रशिक्षकलगायतलाई आवश्यकता अनुसार तालिम दिनु पर्नेमा पनि जोड दिए ।
राखेप र सीडब्लुआईएनबीच राष्ट्रिय बाल अधिकार परिषद्संग समन्वय गरी नीति बनाउने विषयमा पनि छलफल भएको थियो ।

टिप्पणी लेख्नुहोस्