तेस्रो मिल्स टी-२० क्रिकेट : पटना र कटिहार क्वाटरफाइलनमा
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा भारत (विहार) पटनाको हाइ पफमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ ।
विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले विभागिय टिम नेपाल पुलिस क्बलाई १२ रनले र कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरी अन्तिम आठमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १ सय ३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उनले २ छक्का र २ चौका प्रहार गरे । प्रतिकले २२ रनको पारी खेल्दा सहिले अविजित १३ रनको योगदान दिए । पटनाका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् । पुलिसका सर्वण यादवले कसिलो बलिङ गरे । उनले ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवलले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने रसिद खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
पटनाले दिएको १ सय ४ रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिसले १७.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । पुलिसका केशवले २० बलमा १७ रन बनाए । उनले ३ चौका प्रहार गरे । एरनले १६ रन बनाउँदा सुबपले ११ रनको योगदान दिए । पुलिसका अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरीले समान २–२ विकेट लिए । खेलको प्लेर अफ द म्याच पटनाका सचिन सिंह घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पाए ।
आजै भएको दोस्रो खेलमा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हरायो । सिराहले दिएको १ सय ७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । कटियारको जितमा अंकित सिंहले बिस्पोट ब्याटिङ गरे । उनले ४३ बलमा अर्ध सतक बनाउदै अबिजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका प्रहार गरे । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए । त्यसैगरी असुबले अविजित २४ रन पारी खेल्दा आशिषले ३१ र सुजितले ३० रनको योगदान दिए । सिराहाका बिशाल र सोनम रोयले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो । सिराहाका रुपेशले २० बलमा अबिजित ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका प्रहार गरे । दिपेश दास र सिराहाका ओपनर सोलन साहले समान ३०–३० रनको योगदान दिए । कटियारका भानु र प्रनिसले समानले २ –२ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेल बिसीसीए विराटनगर र प्रशान्त क्रिकेट क्लब जोगवनीबिच हुनेछ । सोही दिन हुने दोस्रो आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच हुने खेल तालिका रहेको छ ।

टिप्पणी लेख्नुहोस्