कलैया टी–२० मेयर कप : मकवानपुर गौरसँग पराजित
हेटौडा । बाराको कलैयामा बुधवारदेखि सुरु भएको टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा मकवानपुर गौरसँग ९ विकेटले पराजित भएको छ । सिद्धेश्वर खेल मैदान कलैयामा आज सम्पन्न खेलमा मकवानपुरले दिएको ७४ रनको लक्ष्य गौरले १२.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा विजय यादव (३१) र सन्नी साहले अविजित (२८) रनको योगदान दिए । त्यस्तै सुमित यादवले ७ रन बनाए । मकवानपुरका लागि एकमात्र विकेट रिजन ढकालले लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले १४.२ ओभरमा अल आउट हुँदै ७३ रन बनाएको थियो । टोलीका लागि आस्तिक ढकालले सर्वाधिक (१८) रन बनाए । त्यस्तै सक्षम बस्ताकोटी (१६), रिजन ढकाल (११), सुमन सुनार (९) र रोहित ठाकुरले (१) रन बनाए । गोकुल अधिकारी र समिर चौलागाइले समान ४-४ रन बनाए । साकार गजुरेल १ रनमा अविजित रहे । गौरका लागि एमडी रियाजले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । रायन आलम, आशिक झा र अरविन्द बैठाले समान १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्