लेख विवरण

अन्तर्राष्ट्रिय जुनियर कराते भोलिदेखि

अन्तर्राष्ट्रिय जुनियर कराते भोलिदेखि

काठमाडौंँ । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा नवौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय २० र बंगलादेशबाट १० गरी ५ सय ३० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।

पुरुष/महिलामा २० केजीदेखि ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.