लेख विवरण

बर्षाका कारण हैदरावाद र गुजरातबीचको खेलमा टस हुन सकेन

बर्षाका कारण हैदरावाद र गुजरातबीचको खेलमा टस हुन सकेन

काठमाडौंँ । आइपिएलमा आज हुने भनिएको सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । हैदरावादमा अहिले पनि वर्षा भइरहेको छ ।

निर्धारित समयमा खेल सुरु नभएपछि राति ८ः४५ बजेदेखि ओभरमा कटौती सुरु भएको छ । नियम अनुसार खेलको कटअफ समय राति १० बजेर ५६ मिनेटसम्म हुनेछ । यदि यो खेल वर्षाका कारण रद्द भएमा हैदरावाद एक अंकका साथ प्लेअफमा पुग्नेछ । यता, प्रतिस्पर्धाबाट बाहिरिएको गुजरातले १२ अंक बटुल्नेछ ।

यी दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुनेछन् । अन्तिम खेलमा गुजरातले घरेलु मैदानमा ७ विकेटको जित निकालेको थियो । जीटी यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ । हैदरावादले १२ खेलबाट ७ जित र ४ हारसहित १४ अंक जोडेको छ । टोली अंक तालिकाको चौथो स्थानमा छ । १३ खेलबाट ५ जित र ७ हारसहित ११ अंक जोडेको गुजरात भने तालिकाको आठौं स्थानमा छ । टोलीको एउटा खेल वर्षाका कारण रद्द भएको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.