लेख विवरण

गुजरात र हैदरावादबीचको खेल वर्षाका कारण रद्द, सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टोली

गुजरात र हैदरावादबीचको खेल वर्षाका कारण रद्द, सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टोली

काठमाडौंँ । आइपिएल २०२४ मा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । हैदरावादमा बिहीबार साँझदेखि रातिसम्म वर्षा भएपछि अम्पायरले दुवै कप्तानसँग छलफल गरेपछि खेल रद्द गर्ने निर्णय गरेका छन् । र दुवै टोलीले समान १–१ अंक पाएका छन् ।

योसँगै सनराइजर्स टोली जारी सिजनको प्लेअफमा पुगेको छ । हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । अब टोलीले मे १९ मा पञ्जाबसँग खेल्नेछ । यता गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलबाट १२ अंक मात्र जोडेको छ । पछिल्लो पटक टोली प्लेअफको दौडबाट बाहिरिएको थियो भने कोलकाताले प्लेअफको टिकट पाएको थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.