लेख विवरण

टी–२० विश्वकपको अभ्यास खेल तालिका सार्वजनिक, नेपालले क्यानडा र अमेरिकासँग खेल्ने

टी–२० विश्वकपको अभ्यास खेल तालिका सार्वजनिक, नेपालले क्यानडा र अमेरिकासँग खेल्ने

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी–२० विश्वकपको अभ्यास खेलको तालिका सार्वजनिक गरेको छ । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि नेपालले मे २७ मा क्यानडासँग पहिलो अभ्यास खेल खेल्नेछ । त्यस्तै मे ३० मा नेपाललले दोस्रो अभ्यास खेल आयोजक राष्ट्र अमेरिकासँग खेल्ने छ । दुवै खेल अमेरिकाको डल्लासमा हुनेछ ।

विश्वकपमा सहभागी हुने २० मध्ये १७ टोलीले मात्र अभ्यास खेलमा सहभागिता जनाउनेछन् । पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड अभ्यास खेलमा सहभागिता जनाउने छैनन् ।

अभ्यास खेलहरु अमेरिका र वेस्ट इन्डिजको ट्रिनिडाड एण्ड टोबागोमा मे २७ देखि जुन १ सम्म हुनेछ ।

अभ्यास खेल २० ओभरको हुनेछ र उनीहरूले अन्तर्राष्ट्रिय टी–२० मान्यता पाउने छैनन् । यससँगै टिमले टोलीमा रहेका सबै १५ खेलाडीलाई मैदानमा उतार्न पाउनेछन् ।

टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्याण्डसँग खेल्नेछ । दोस्रो खेल जुन ११ मा श्रीलंका, तेस्रो जुन १४ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १६ मा बङलादेशसँग खेल्नेछ ।

May be a graphic of ‎football and ‎text that says "‎Mh MM 사래게 ICC MEN'S ST20 T20 WORLD WORLDCUP RLDCUP CUP WEST TINDIES&USA20 INDIES USA2024 2024 N WARM-UP FIXTURES 27 MAY- -1 JUNE CAN NEP MON, 27 MAY DAL OMA NAM PNG UGA MON, MAY RINIDAD& MON, 27 MAY TRINIDAD& TOBAGO SL 特 BAN NED USA TUE, MAY AUDERHILL TUE, MAY DALLAS حا AUS SA SQUAD GAME NAM TUE, 28 MAY TRINIDAD TOBAGO WED, MAY AUDERHILL AFG OMA WED MAY INIDAD& TOBAGO አሊለ‎"‎‎

May be an image of football and text that says "Mh M 사울게 VICC MEN'S ST20 T20 WORLD WORLDCUP CUP WEST INDIES STINDIES&USA202 USA2024 N WARM-UP FIXTURES 27 MAY -1 JUNE NEP USA THU, MAY DALLA sco NED V CAN UGA THU, 30MAY MAY RINIDAD& THU, MAY DALLAS NAM WI সাर PNG AUS THU, MAY TRINIDAD& TOBAGO THU, 30 MAY RINIDAD & BA6Ο IRE SCO 伊 SL AFG FRI, 31MAY LAUDERHILL FRI, 1MAY INIDAD& TOBAGO BAN IND SAT, JUNE TBA አሊለ"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.