लेख विवरण

टी–२० विश्वकपका लागि अस्ट्रेलियाको पूर्ण टोली सार्वजनिक

टी–२० विश्वकपका लागि अस्ट्रेलियाको पूर्ण टोली सार्वजनिक

काठमाडौंँ । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपका लागि अष्ट्रेलियन क्रिकेट टोली घोषणा भएको छ । अस्ट्रेलिया क्रिकेट बोर्ड (सीए) ले मंगलबार बिहान १५ खेलाडी र ट्राभल रिजर्भ खेलाडीसहित पूर्ण टोली घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीमा युवा ब्याट्सम्यान ज्याक फ्रेजर म्याकगर्क र म्याथ्यु सर्टलाई रिजर्भ खेलाडीको रुपमा समावेश गरिएको छ । सीएले मे ५ मा १५ सदस्यीय टोलीको घोषणा गरे पनि त्यतिबेला रिजर्भ खेलाडीको नाम सार्वजनिक गरिएको थिएन ।

विश्वकपका लागि सबै टिमको अन्तिम टोली घोषणा गर्ने अन्तिम मिति मे २५ सम्म रहेको छ । यसअघि टिमले आफ्नो टोलीमा परिवर्तन गर्न सक्नेछन् ।

विश्वकपमा अष्ट्रेलियन टिमको कप्तानी मिचेल मार्शले गर्नेछन् । मार्शले पछिल्लो १२ महिनामा अस्ट्रेलियाको कप्तानी गर्दै तीन वटा टी–२० अन्तर्राष्ट्रिय शृंखलाखेलेका छन् । यता स्टार ब्याट्सम्यान स्टिभ स्मिथले भने टोलीमा स्थान पाएका छैनन् ।

टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोली : मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्राभिस हेड, जोश इंगलिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड (विकेटकिपर), डेभिड वार्नर र एडम जाम्पा ।

ट्राभल रिजर्भ : ज्याक फ्रेजर–म्याकगुर्क, म्याथ्यू शर्ट।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.