कर्णाली प्रदेशमा हाप्किडो राष्ट्रिय प्रतियोगिता हुँदै
काठमाडौंँ । नवौं राष्ट्रिय हाप्किडो प्रतियोगिता असार २ र ३ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद परिषद्को स्वीकृति तथा नेपाल हाप्किडो संघको आयोजनामा संघको वार्षिक नियमित कार्यक्रम अनुसार आयोजना हुन लागेको नेपाल हाप्किडो संघका महासचिव ईन्द्रबहादुर महराले जानकारी दिए । प्रतियोगितामा क्युरोगी, होसिन्सुल, हाइ फल र लङ फलमा प्रतिस्पर्धा हुने छन् ।
खेलाडीलाई निरन्तर चलायनमान गर्न, खेलाडीको क्षमता विकासको लागि, खेलाडीलाई पर्याप्त अनुभव र अवसर प्रदान गर्न, स्थानीय स्तरदेखि कार्यक्रमहरू व्यापक रूपमा आयोजना गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न, हाप्किडो खेल विकास र प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्नका लागि राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको महासचिव महराले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्