लेख विवरण

कोलकाता चौथो पटक आइपिएलको फाइनलमा

कोलकाता चौथो पटक आइपिएलको फाइनलमा

काठमाडौंँ । कोलकाता नाइट राइडर्स (केकेआर) आइपिएल २०२४ को पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा केकेआरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको हो । कोलकत्ता चौथो पटक आइपिएलको फाइनलमा प्रवेश गरेको छ । यसअघि टोली सन् २०२१ मा फाइनलमा पुगेको थियो । यता हैदरावादसँग क्वालिफायर–२ जितेर फाइनल पुग्ने मौका रहेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको हैदरावाद १९.३ ओभरमा अलआउट हुँदै १ सय ५९ रनमा समेटियो । जवाफमा कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि वेंकटेश अय्यरले ५१ तथा श्रेयस अय्यरले अविजित ५८ रन बनाए । यी दुईले ४४ बलमा ९७ रनको साझेदारी गरेका थिए । हैदरावादका लागि प्याट कमिन्स र टी नटराजनले समान १–१ विकेट लिए ।

सनराइजर्सका लागि राहुल त्रिपाठी (५५ रन) ले अर्धशतक प्रहार गरे । राहुल रन आउट भए। बलिङतर्फ केकेआरका मिचेल स्टार्कले ३ विकेट लिए । वरुण चक्रवर्तीले २ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.