लेख विवरण

३ सय ८२ दिनपछि अन्तर्राष्ट्रिय खेल खेल्दै यी स्टार खेलाडी

३ सय ८२ दिनपछि अन्तर्राष्ट्रिय खेल खेल्दै यी स्टार खेलाडी

काठमाडौंँ । सन् २०२४ को टी–२० विश्वकपअघि इंग्ल्यान्ड र पाकिस्तानका टोली चार खेलको टी–२० सिरिजका लागि तयार छन् । यी दुई टोलीबीच सिरिजको पहिलो खेल आज हुँदैछ । यो खेल भारतीय समयअनुसार राति ११ः१५ बजे सुरु हुनेछ । यी दुई टोलीबीच हुने यो खेल इंग्ल्यान्डका एक खेलाडीका लागि निकै महत्वपूर्ण हुने बताइएको छ । यी खेलाडीले १ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नेछन् ।

इंग्ल्यान्डका तीव्र गति बलर जोफ्रा आर्चरले मे २२ मा लिड्सको हेडिंग्लेमा हुने सिरिजको पहिलो टी–२० खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने भएका छन् । इङ्ल्यान्डका कप्तान जोस बटलरले टी–२० सिरिजको उद्घाटन खेलमा आर्चरले खेल्ने र सन् २०२३ को मार्च १४ पछि पहिलो पटक इङ्ल्यान्डको जर्सी लगाउने पुष्टि गरेका छन् । आर्चरले विगत केही वर्षदेखि लगातार चोटका कारण धेरै ठूला सिरिज र प्रतियोगितामा खेल्न पाएका छैनन् । तर अब उनी टी–२० विश्वकपअघि नै फर्किने तयारीमा छन् ।

जोफ्राले पछिल्लो पटक गत वर्ष मार्चमा बंगलादेशविरुद्धको टी–२० सिरिजमा इंग्ल्यान्डका लागि खेलेका थिए, त्यसपछि उनी मैदानमा फर्किन सकेका छैनन् । कुहिनाको चोटका कारण उनी मैदानबाहिर छन् । आर्चरलाई सन् २०२३ को विश्वकपका लागि ट्राभल रिजर्भको रुपमा पनि छनोट गरिएको थियो । तर उनले यो ठूलो प्रतियोगितामा भाग लिन पाएनन् ।

जोफ्रा आर्चरले इंग्ल्यान्डका लागि १३ टेस्ट, २१ एकदिवसीय र १५ टी–२० म्याच खेलेका छन् । यो अवधिमा उनले टेस्टमा ४२ विकेट, एकदिवसीयमा ४२ विकेट र टी–२० मा १८ विकेट लिएका छन् । टी–२० मा उनको इकोनोमी रेट ७.६५ छ, जुन निकै राम्रो छ । एकदिवसीय क्रिकेटमा उनको इकोनोमी रेट ४.८० रहेको छ । अर्कोतर्फ उनको तीव्र गतिको बल खेल्नु पनि ब्याट्सम्यानका लागि सजिलो छैन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.