लेख विवरण

बाबर आजम ठूलो कीर्तिमानको संघारमा, यस्तो गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बन्दै

बाबर आजम ठूलो कीर्तिमानको संघारमा, यस्तो गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बन्दै

काठमाडौंँ । पाकिस्तान क्रिकेट टोली हाल इंग्ल्याण्ड भ्रमणमा रहेको छ । टोलीले त्यहाँ ४ टी–२० म्याचको शृङ्खला खेल्नेछ, जुन आजदेखि सुरु हुँदैछ । सन् २०२४ को टी–२० विश्वकपलाई मध्यनजर गर्दै यो सिरिज निकै महत्वपूर्ण मानिएको छ । यो सिरिजका कारण इंग्ल्याण्डका धेरै खेलाडीहरुले बीचमै आइपिएल छोडेर आफ्नो देश फर्केका छन् । यसैबीच पाकिस्तानका कप्तान बाबर आजमसँग आज ठूलो कीर्तिमान बनाउने अवसर रहेको छ । जुन अहिलेसम्म विश्वका एक ब्याट्सम्यानले मात्र बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले १ सय १७ म्याचमा ४ हजार ३७ रन बनाएका छन् । उनी विश्वका एक मात्र ब्याट्सम्यान हुन् जसले यो फर्म्याटमा ४ हजार रन पूरा गरेका छन् । त्यसपछि रोहित शर्मा दोस्रो स्थानमा छन्, जसले १ सय ५१ खेलमा ३ हजार ९ सय ७४ रन बनाएका छन् । बाबर आजम तेस्रो नम्बरमा छन्, जसले अहिलेसम्म १ सय १७ खेलमा ३ हजार ९ सय ५५ रन बनाएका छन् ।

बाबर आजमले इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा सबैभन्दा पहिले २० रन बनाउने प्रयास गर्नेछन् र रोहित शर्मालाई पछि पार्दै दोस्रो नम्बरमा आउनेछन् । त्यसपछि उनी टी–२० अन्तर्राष्ट्रियमा ४ हजार रन पूरा गर्ने दोस्रो ब्याट्सम्यान बन्ने प्रयासमा हुनेछन् । यसका लागि उनलाई मात्र ४५ रन मात्र चाहिएको छ, जुन बाबरको लागि ठूलो कुरा होइन ।

भारतीय खेलाडीले अहिले टी–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका छैनन् । अब उनीहरूले टी–२० विश्वकपमा यो फर्म्याटमा सीधै खेल्नेछन् । तर बाबर आजमले विश्वकप अघि अझै चार खेल खेल्न बाँकी छ । बाबर आजमको ब्याट दुई म्याचमा चल्यो भने उनी रोहितलाई उछिन्ने मात्र होइन, विराट कोहलीको निकै नजिक आएर ४ हजार रन पूरा गर्ने दोस्रो ब्याट्सम्यान पनि बन्नेछन् । अर्थात यो सिरिजमा सबैको नजर बाबरमाथि रहनेछ ।

 

 

 

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.