आइपीएल : आरसीबीले आरआरलाई दियो १७३ रनको लक्ष्य
काठमाडौंँ । रोयल्स च्यालेन्जर्स बैंगलोरले आइपीएलको एलिमिनेटर खेलमा राजस्थान रोयल्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । अहमदाबादमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनायो ।
बैंगलोरका लागि रजत पाटीदारले सर्वाधिक ३४ तथा विराट कोहलीले ३३ रन बनाए । कोहलीले आइपिएलमा ८ हजार रन पूरा गरे । उनी आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
राजस्थानका आवेश खानले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एक–एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्