लेख विवरण

दिनेश कार्तिकलाई नट आउट दिएपछि खेलाडी आश्चर्यचकित, फ्यान आक्रोशित

दिनेश कार्तिकलाई नट आउट दिएपछि खेलाडी आश्चर्यचकित, फ्यान आक्रोशित

काठमाडौंँ । आइपिएल २०२४ को एलिमिनेटर खेलमा राजस्थान रोयल्स र आरसीबीबीच प्रतिस्पर्धा हुँदैछ । राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको आरसीबीले राजस्थानलाई १ सय ७२ रनको लक्ष्य दिएको थियो । यस खेलमा दिनेश कार्तिकलाई अम्पायरले नटआउट दिएपछि ठूलो हंगामा भएको छ ।

राजस्थानका लागि आवेश खानले पारीको १५ औं ओभर बलिङ गरे । यो ओभरको दोस्रो बलमा उनले रजत पाटीदारको विकेट लिए । त्यसपछि उनले तेस्रो बल शानदार रुपमा फ्याँकेका थिए । जसलाई दिनेश कार्तिकले बुझ्न सकेनन् र बिट भए । फिल्ड अम्पायरले उनलाई एलबीडब्लु आउट दिए । त्यसपछि कार्तिकले रिव्यू लिए । थर्ड अम्पायरले रिप्लेमा अल्ट्राएजमा ठूलो स्पाइक भएको देखे । त्यसपछि कार्तिकलाई नटआउट दिए । तर रिप्लेमा बल पहिले ब्याटमा नलागेर प्याडमा लागेको स्पष्ट देखिएको थियो । यसरी कार्तिक आउट थिए । तर थर्ड अम्पायरको निर्णयबाट बल पहिले ब्याटमा र त्यसपछि प्याडमा लागेको स्पष्ट भयो । यही कारण उनलाई नटआउट दिइएको थियो ।

त्यसपछि राजस्थान रोयल्सका प्रशिक्षक तथा निर्देशक कुमार संगाकारा तुरुन्तै उठेर अम्पायरकहाँ कुरा गर्न गए । दिनेश कार्तिकलाई नटआउट दिएपछि सबै खेलाडी आश्चर्यचकित देखिन्थे । प्रशंसकहरूले पनि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिएका छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.