लेख विवरण

एक रनको मूल्य २१ लाख भन्दा बढी पाएका म्याक्सवेल आरसीबीका लागि सुपर फ्लप साबित

एक रनको मूल्य २१ लाख भन्दा बढी पाएका म्याक्सवेल आरसीबीका लागि सुपर फ्लप साबित

काठमाडौंँ । आइपिएल २०२४ को प्लेअफमा पुगेको रोयल च्यालेन्जर्स बैंग्लोरले एलिमिनेटर खेलमा राजस्थान रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको छ । यस खेलमा आरसीबीले ग्लेन म्याक्सवेलबाट ठूलो इनिङको अपेक्षा गरेको थियो, तर उनको ब्याट मौन देखियो । आइपिएलको जारी सिजन म्याक्सवेलका लागि कुनै दुःखद स्वप्नभन्दा कम साबित भएन । राजस्थान रोयल्सविरुद्धको एलिमिनेटर खेलमा म्याक्सवेल गोल्डेन डकमा आउट भएर पेभेलियन फर्किए । उनको एक रनको मूल्य जारी सिजनमा अहिलेसम्म २१ लाखभन्दा बढी रहेको छ ।

यसअघि आइपिएलका लगभग हरेक सिजनमा ब्याटबाट विस्फोटक इनिङस खेलेका ग्लेन म्याक्सवेलले जारी सिजनको १० इनिङ्समा ४३ बलमा ५२ रन मात्र बनाउन सके । म्याक्सवेलको जारी सिजनमा ब्याटिङ औसत ५.८ रहेको छ भने स्ट्राइक १ सय २० रहेको छ । त्यस्तै म्याक्सवेल ४ पटक आफ्नो पारीमा खाता नै नखोली पेभेलियन फर्किए जसमध्ये २ पटक उनी पारीको पहिलो बलमा आउट भएका थिए । म्याक्सवेललाई आरसीबीले ११ करोडभारुमा आफ्नो टिमको हिस्सा बनाएको थियो, जसपछि उनको एक रनको मूल्य जारी सिजनमा हेर्ने हो भने २१ लाख १५ हजार ३ सय ८५ भारु रहेको छ ।

ग्लेन म्याक्सवेल आईपीएलको एक सिजनमा सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने दोस्रो खेलाडी बनेका छन् । यो सूचीमा पहिलो स्थानमा जोस बटलरको नाम छ, जो सन् २०२३ को आईपीएलमा राजस्थान रोयल्सको टोलीबाट खेल्दा ५ पटक शुन्यमा रनमा आउट भएका थिए। यो सूचीमा ८ खेलाडी दोस्रो स्थानमा छन् ।

एक सिजनमा धेरै पटक डक आउट भएका खेलाडीहरू :

जोस बटलर – ५ पटक (राजस्थान रोयल्स, सन् २०२३)
हर्शेल गिब्स – ४ पटक (डेक्कन चार्जर्स, सन् २००९)
मिथुन मिन्हास – ४ पटक (पुणे वारियर्स, सन् २०११)
मनिष पाण्डे – ४ पटक (पुणे वारियर्स, सन् २०१२)
शिखर धवन – ४ पटक (दिल्ली क्यापिटल्स, सन् २०२०)
इयोन मोर्गन – ४ पटक (कोलकाता नाइट राइडर्स, सन् २०२१)
निकलस पूरन – ४ पटक (पंजाब किंग्स, सन् २०२१)
दिनेश कार्तिक – ४ पटक (रोयल च्यालेन्जर्स बैंगलोर, सन् २०२३)
ग्लेन म्याक्सवेल – ४ पटक (रोयल च्यालेन्जर्स बैंगलोर, सन् २०२४)

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.