लेख विवरण

आइपिएल : १७ वर्षदेखि उपाधि जित्ने प्रतिक्षामा रहेको आरसीबी प्रतियोगिताबाट बाहिरियो

आइपिएल : १७ वर्षदेखि उपाधि जित्ने प्रतिक्षामा रहेको आरसीबी प्रतियोगिताबाट बाहिरियो

काठमाडौंँ । आइपिएल २०२४ को एलिमिनेटरमा राजस्थान रोयल्स (आरआर) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ४ विकेटले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको छ । राजस्थानले अब क्वालिफायर–२ मा सनराइजर्स हैदरावादसँग मे २४ मा खेल्नेछ, खेल चेन्नईमा हुनेछ।

यसअघि अहमदाबादमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४५ रन बनाए । रायन पराग ३६ रन बनाएर आउट भए भने सिमरोन हेटमायर २६ रन बनाएर आउट भए । आरसीबीका मोहम्मद सिराजले २ विकेट लिदा क्यामरन ग्रीन, कर्ण शर्मा र लोकी फर्गुसनले एक एक विकेट लिए ।

आरसीबीका तर्फबाट रजत पाटीदारले ३४ र विराट कोहलीले ३३ रन बनाए । राजस्थानका आवेश खानले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एक–एक विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.