लेख विवरण

ड्वेन ब्राभो अफगानिस्तानको बलिङ कन्सल्टेन्टमा नियुक्त

ड्वेन ब्राभो अफगानिस्तानको बलिङ कन्सल्टेन्टमा नियुक्त

काठमाडौंँ । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले वेस्ट इन्डिजका पूर्व तीव्र गतिका बलर ड्वेन ब्राभोलाई सन् २०२४ को टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको बलिङ कन्सल्टेन्टमा नियुक्त गरेको छ ।

४० वर्षीय ब्राभोले वेस्ट इन्डिजका लागि २ सय ९५ अन्तर्राष्ट्रिय खेलमा ६ हजार ४ सय २३ रन बनाउनुका साथै ३ सय ६३ विकेट लिएका छन् । उनले १ सय प्रथम श्रेणी, २ सय २७ लिस्ट ए र ५ सय ७३ टी–२० म्याच खेलेका छन् । उनी टी–२० क्रिकेटमा सर्वाधिक ६ सय २५ विकेट लिएका बलर हुन् । उनले यो फर्म्याटमा करिब ७ हजार रन पनि बनाएका छन् ।

अफगानिस्तान टोली सेन्ट किट्स एन्ड नेभिस पुगिसकेको छ। जाहाँ विश्वकपको तयारीका लागि ब्राभो र प्रशिक्षक टोलीका अन्य सदस्यको निगरानीमा १० दिने प्रशिक्षण शिविर हुनेछ ।

अफगानिस्तानले जुन ३ मा युगान्डाविरुद्ध गुयानामा खेल्दै विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ । ब्राभो आईपीएल २०२४ मा चेन्नई सुपर किंग्सको सहयोगी स्टाफको हिस्सा थिए। डेथ बलिङमा माहिर ब्राभो विश्वभरका टी–२० लिगमा उपाधि जित्ने टोलीका सदस्य हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.