टी–२० विश्वकप अघि आइसिसीद्धारा नयाँ एन्थम जारी, अब सबै इभेन्टमा प्रयोग गरिने
काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२४ को टी–२० विश्वकप सुरु हुनुअघि क्रिकेट प्रेमीका लागि नयाँ एन्थम सार्वजनिक गरेको छ । यो एन्थम अब विश्व क्रिकेटका सबै आइसिसी इभेन्टमा पनि प्रयोग हुनेछ । यो एन्थमलाई अब एक किसिमले आइसिसीको ब्राण्ड एन्थम मान्न सकिन्छ । यसअघि आइसिसीले आफ्नो कुनै पनि महत्वपूर्ण कार्यक्रमअघि उनका लागि विशेष एन्थम सार्वजनिक गर्ने गर्दथ्यो, तर यस पटक भने आइसिसीले केही फरक काम गरेको छ ।
नयाँ एन्थमलाई आइसिसीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । यस एन्थममा एकदिवसीय विश्वकप, विश्व टेस्ट च्याम्पियनसिप का साथै टी–२० विश्वकप म्याचको क्लिप सहित आईसीसीका विभिन्न विश्व कार्यक्रमहरूको क्लिपहरू समावेश गरिएको छ। यस एन्थमको सबैभन्दा खास कुरा के छ भने यसमा पुरुष क्रिकेट खेलाडीसँगै महिला क्रिकेट खेलाडीलाई पनि देखाइएको छ । एन्थमको सुरुमा जहाँ एकदिवसीय विश्वकप २०२३ मा भारत र पाकिस्तानबीच खेलेको खेलको क्लिप देखाइएको छ, यसबाहेक विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल र महिला टी–२० विश्वकप म्याचको दृश्य पनि देखाइएको छ ।
आगामी एक वर्षमा हुने आइसिसीका विभिन्न विश्व प्रतियोगितालाई हेर्ने हो भने जुन १ देखि वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा टी–२० विश्वकप खेलाइने छ, त्यसपछि यसै वर्षको अक्टोबर र नोभेम्बर महिनामा आइसिसी महिला विश्वकप बंगलादेशले आयोजना गर्नेछ । आइसिसी महिला टी–२० विश्वकप सन् २०२५ को सुरुमा मलेसियामा हुनेछ भने त्यसपछि आइसिसी च्याम्पियन्स ट्रफी र तेस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल सन् २०२५ को जुनमा हुनेछ ।
Presenting the all-new ICC anthem, produced by Grammy-winning composer Lorne Balfe 🤩
— ICC (@ICC) May 23, 2024
➡ https://t.co/vEKSqYOQxe pic.twitter.com/XjObgoo8Im

टिप्पणी लेख्नुहोस्