लेख विवरण

एटीएफ यु–१२ टेनिस टिम प्रतियोगितामा भारत पहिलो

एटीएफ यु–१२ टेनिस टिम प्रतियोगितामा भारत पहिलो

काठमाडौंँ । भारत एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज/गर्ल्स दुवैमा पहिलो भयो ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–० ले पराजित ग¥यो । गर्ल्सको उपाधि भिडन्तमा भारतले श्रीलंकालाई पनि २–० ले नै हरायो । ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबारै भएको गर्ल्सको राउन्ड रोविन लिगमा नेपालले माल्दिभ्सलाई २–१ ले पन्छ्याउदै सान्त्वना जित हात पा¥यो ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगिताको ब्वाइजमा ७ तथा गल्र्समा ५ राष्ट्र सहभागी थिए । नेपालले यो प्रतियोगिता आयोजना गरेको यो चौथोपटक हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.