लेख विवरण

काठमाडौं भ्यालीलाई उपाधि

काठमाडौं भ्यालीलाई उपाधि

काठमाडौंँ । आयोजक काठमाडौं भ्याली कलेज (केभीसी) ले केभीसी एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा भएको फाइनलमा केभीसीले ग्रिनफिल्डलाई ९–५ ले पराजित ग¥यो । विजयी टिमका लागि आकार श्रेष्ठले ८ अंक जोडे । आकारनै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई केभीसीका अध्यक्ष डा। स्वागत श्रेष्ठ र प्रिन्सिपल संगिता श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ९ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको केभीसीका बास्केटबल प्रशिक्षक रमेश लामाले जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.