न्युटनको तीन टोली क्वाटरफाइनलमा
काठमाडौंँ । आयोजक न्युटन हाइ स्कुलको तीन टोली प्रथम न्युटन एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । न्युटनको ब्वाइजमा २ तथा गल्र्समा १ टोली क्वाटरफाइनलमा पुग्यो ।
बालुवाटारस्थित घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा न्युटन ‘ए’ ले ऋत एकेडेमी ‘ए’ लाई १८–१५ तथा न्युटन ‘सी’ ले क्यान्भासलाई १६–१० ले पराजित ग¥यो । सोही स्पर्धामा एचएचसीए ‘ए’ ले एन्जल्स हार्टलाई १८–१५, हुपर्सले न्युटन ‘बी’ लाई १७–१६, दि लियोसले फेरिल्यान्डलाई १४–१०, भ्याली पब्लिकले ब्रुक्सलाई १५–१०, सरकारले एचएचसीए ‘बी’ लाई १३–१० र ग्रिनल्यान्ड ‘ए’ ले गोल्डेनपिकलाई १९–१८ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
गल्र्समा न्युटन ‘बी’ ले टिम सोनिसलाई १३–११ ले पराजित ग¥यो । गल्र्समै पृथ्वीले एन्जल्स हार्टलाई १४–१३, बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० ले न्युटन ‘ए’ लाई १५–१०, ग्रिनल्यान्डले न्यु एरालाई १८–१२, क्यान्भासले मानसिंहलाई १२–१०, भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमी ९एलएनए० लाई १६–१४, फेरिल्यान्डले ग्याबालाई १५–१३ र के सुपरभिजनले एचएचसीएलाई १४–१० ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी र न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
दुवै समूहमा विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । उपाधि विजेता, उपविजेता, नकआउट चरणमा पुग्ने टोली र सहभागी टोलीको प्रत्येक खेलाडीलाई विभिन्न प्रतिशतमा छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्