लेख विवरण

चावहिल सेमिफाइनलमा

चावहिल सेमिफाइनलमा

काठमाडौंँ । चावहिल स्पोर्टस् क्लब ‘ए’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिलले जोरपाटी भेट्रानलाई टाइब्रेकरमा २–० गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । चावहिलका दिलिप क्षेत्री ‘म्यान अफ दि म्याच’ घोषित भए । फ्रिडम ‘ए’ ले सरस्वतीनगर भेट्रानलाई ३–२ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । फ्रिडमका विनोद खड्गी, विकर्ण श्रेष्ठ र रामकुमार घिसिङले समान १–१ ले गोल गरे । सरस्वतीनगरका अनल आचार्य र सुनिल सुवेदीले समान १–१ गोल फर्काए ।

सानोगौचरण नाइट किङ क्लब, ब्रदर्श युनाइटेड फ्रिडम र कपन भेट्रान क्वाटरफाइनलमा पुगे । सानोगौचरणले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । ब्रदर्श युनाइटेडले चितवन भेट्रानलाई ३–० ले पन्छायो । ब्रदर्श युनाइटेडका निलेन्द्र देवानले २ तथा सन्तोष बस्नेतले १ गोल गरे ।

कपन भेट्रानले लाजिम्पाट भेट्रानमाथि ५–२ को जित दर्ता ग¥यो । कपनका पासाङ शेर्पाले २ तथा किशोर नेपाली, सानु तामाङ र उमेशजंग थापाले समान १–१ गोल गरे । लाजिम्पाटका सुन्दर खड्का र राजु डंगोलले १–१ गोल गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.