लेख विवरण

नेपाल एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको च्याम्पियन

नेपाल एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको च्याम्पियन

काठमाडौंँ । नेपालले १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । नेपाल १९ स्वर्ण, २४ रजत र ३० कांस्यसाथ च्याम्पियन भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भारतको अल इन्डिया सेइसिनकाइ १२ स्वर्ण, ६ रजत र १२ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, ३ रजत र ७ कांस्य जितेको भारतको टीएसआरकेकेओ तेश्रो स्थानमा रह्यो ।

प्रतियोगिताको पुरुषमा नेपालका कृष मानन्धर तथा महिलामा नेपालकै सन्जना भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.