लेख विवरण

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौंँ । नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ गल्र्स टिम इभेन्टमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् । यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालले माल्दिभ्सलाई ३–० ले हरायो ।

यु–१५ ब्वाइज/गर्ल्स दुवैको टिम इभेन्टमा भने नेपाल चुक्यो । दुवै टोली भारतसंग समान ३–० को नतिजामा पछि प¥यो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.