आइपिएल फाइनल : कोलकातालाई ११४ रनको लक्ष्य
काठमाडौंँ । आईपीएलको पूरै सिजनमा ६ पटक २०० रनको स्कोर पार गरेको हैदरावाद फाइनलमा ११३ रनमा अलआउट भयो। चेन्नईको चेपौक स्टेडियममा जारी खेलमा कोलकाताले ११४ रनको सहज लक्ष्य पाएको छ ।
हैदरावादले टस जितेर कोलकाताविरुद्ध ब्याटिङ रोजेको थियो । क्वालिफायर–१ जस्तै, कोलकाताका पेसरहरूले हैदरावादका ब्याट्सम्यानहरूलाई सुरुमा ब्याकफुटमा राखे।
स्टार्क (२ विकेट) ले पहिलो ओभरबाट नै ब्रेक थ्रु प्रदान गरे। कोलकाताले ६ बलर प्रयोग गर्दै ५ विकेट लिएको थियो । हैदरावादका लागि एडन मार्कराम (२० रन)ले सर्वाधिक रन बनाए ।

टिप्पणी लेख्नुहोस्