लेख विवरण

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको विजयी सुरुआत

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको विजयी सुरुआत

काठमाडौंँ । नेपालले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।

बंगलादेशको ढाकामा सुरु प्रतियोगितामा नेपालले मलेसियालाई ६७–३० ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

नेपालका कप्तान घन्श्याम रोका मगर ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले १५ हजार टाका नगद पुरसकार पाए । नेपालले दोश्रो खेलमा मंगलबार पोल्यान्ड विरुद्ध खेल्ने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.