कोलकाताले तेस्रो पटक जित्यो आईपीएलको उपाधि, हैदरावादलाई ८ विकेटले हरायो
काठमाडौंँ । कोलकाता नाइट राइडर्सले आइपिएल २०२४ को उपाधि जितेको छ । फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै टोली तेस्रो पटक च्याम्पियन बनेको हो । कोलकाताले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो ।
चेपक मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । १ सय १४ रनको लक्ष्य कोलकाताले १० दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।टोलीका लागि वेंकटेश अय्यरले २६ बलमा अविजित ५२ रन बनाए । बलिङतर्फ आन्द्रे रसेलले ३ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्