बक्सिङ ओलम्पिक छनोट : अन्जनीको प्रतिद्वन्द्वी विनी
काठमाडौंँ । बक्सिङको दोश्रो ओलम्पिक छनोट प्रतियोगितामा नेपालकी अन्जनी तेलीले हङकङी विनी औ यिन यिनसंग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनी तेलीले विनीसंग मंगलबार प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भइरहेको प्रतियोगितामा नेपालबाट ३ खेलाडी सहभागी छन् । २ खेलाडीको चुनौती समाप्त भइसकेको छ । पुरुष ५१ केजीमा नेपालका चन्द्र थापा मगर कोलम्बियाका हर्नी मार्टिनेज तथा पुरुष ६३.५ केजीमा नेपालका प्रकाश इजाम लिम्बू बोलिभियाका मारिया जोस नुनेजसंग पराजित भएका थिए ।

टिप्पणी लेख्नुहोस्