टी–२० विश्वकप वार्मअप खेल : नेपाललाई पहिलो सफलता, करणले लिए विकेट
काठमाडौंँ । आइसीसी टी–२० विश्वकप अघिका वार्म अप खेल आजदेखि शुरु भएको छ । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दैछ ।
अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरि रहेको छ ।
खेलमा नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका छन् । उनले क्यानडाका ओपनर आरोन जोनसनलाई आरिफ शेखको हातबाट क्याच आउट बनाएका छन् । जोनसन १० रन बनाउदै करणको शिकार भए ।
नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।
आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।
नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।
क्यानडाको टोली : साद बिन जफर (कप्तान), आरोन जोनसन, दिलप्रीत बाजवा, हर्ष ठाकरे, जेरेमी गोर्डन, जुनैद सिद्दिकी, कलिम सना, कंवरपाल तथगुर, नवनीत धालीवाल, निकोलस किर्टन, परगट सिंह, रविन्द्र पाल सिंह, रायन खान पठान र श्रेयस मोवा ।
रिजर्व : तजिंदर सिंह, आदित्य वरधरजन, अम्मर खालिद, जतिंदर मथारू र प्रवीण कुमार।

टिप्पणी लेख्नुहोस्