लेख विवरण

आइसीसी टी–२० विश्वकप वार्म अप खेल : नेपालले पहिला बलिङ गर्दै

आइसीसी टी–२० विश्वकप वार्म अप खेल : नेपालले पहिला बलिङ गर्दै

काठमाडौंँ । आइसीसी टी–२० विश्वकप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दैछ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि शुरु हुदैछ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।

नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

क्यानडाको टोली : साद बिन जफर (कप्तान), आरोन जोनसन, दिलप्रीत बाजवा, हर्ष ठाकरे, जेरेमी गोर्डन, जुनैद सिद्दिकी, कलिम सना, कंवरपाल तथगुर, नवनीत धालीवाल, निकोलस किर्टन, परगट सिंह, रविन्द्र पाल सिंह, रायन खान पठान र श्रेयस मोवा ।

रिजर्व : तजिंदर सिंह, आदित्य वरधरजन, अम्मर खालिद, जतिंदर मथारू र प्रवीण कुमार।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.