लेख विवरण

भ्याली कप टी-२० क्रिकेट : जिएचसिए र काठमाडौं विजयी

भ्याली कप टी-२० क्रिकेट : जिएचसिए र काठमाडौं विजयी

काठमाडौं । एनसिसिएस भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा ग्रेट हिमालयन क्रीकेट एकेडमी (जिएचसिए) विजयी भएको छ ।

माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा आज भएको खेलमा जिएचसिएले ओसिस क्रीकेट एकेडमीलाई ६ विकेटले पराजित गरेको हो ।

ओसिसले दिएको १२३ रनको लक्ष्य जिएचसिएले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । टोलिको जितमा खेलको प्लेयर अफ द म्याच भएका सम्राट भुसालले अर्धसकिय पारी खेले । उनले ५० बलमा अविजित ५३ रन बनाए । त्यस्तै अशोक पौडेलले अविजित ३४ रनको योगदान दिए । रुपेश श्रीवास्तवले १३ रन बनाए । ओसिसका लागि सुमित नेवारले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको ओसिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो । टोलिका निश्चल श्रेष्ठले अविजित २६ रन बनाए । त्यस्तै केशव यादव (१८) र शंकर रानाले १७ रन बनाए । जिएचसिएका लागि रुपेश श्रीवास्तव, अभिशेख थापा र चन्द्रकान्त पौडेलले समान १-१ विकेट लिए ।

आजनै भएको महिला तर्फको खेलमा काठमाडौले भक्तपुरलाई ९ विकेटले पराजित गरेको छ । भक्तपुरले दिएको ४६ रनको लक्ष्य काठमाडौंले ९.१ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । टोलिको जितमा अस्मिना खरेलले २५ बलमा १९ र कृष्णमा गुरुङले ९ रनको अविजित योगदान दिइन । भक्तपुरका लागि अनुशा रोकाले १ विकेट लिइन ।

यसअघि ट्स हारेर ब्याटिङ गरेको भक्तपुरले १६.३ ओभरमा अलआउट हुदै ४५ रन बनाएको थियो । टोलिका लागि अलिशा खड्काले सर्वाधिक ८ रन बनाइन । काठमाडौंका लागि बिपिशा शाहीले ३ विकेट लिईन । त्यस्तै अस्मिता खरेल, सन्स्कृती फुयाल र एलि यादवले १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच काठमाडौंकि बिपिशा शाही भए ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ। पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ।

महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.