नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको फाइनलमा
काठमाडौंँ । नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ गर्ल्स डबल्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाको क्यान्डीमा जारी प्रतियोगितामा नेपालका इभाना थापा र वियन्का राईको जोडीले माल्दिभ्सका धिमा र मिस्काको जोडीलाई ३–२ ले पराजित ग¥यो ।
टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीका अनुसार नेपाली जोडीले बुधबार भारतीय जोडी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

टिप्पणी लेख्नुहोस्