अन्जनी प्रिक्वाटरफाइनलमा
काठमाडौंँ । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन् ।
नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् । उक्त खेल शनिबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्