लेख विवरण

भ्याली पब्लिक फुटसलमा समृद्धि च्याम्पियन

भ्याली पब्लिक फुटसलमा समृद्धि च्याम्पियन

काठमाडौंँ । समृद्धिले प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको फुटसल कोर्टमा भएको फाइनलमा समृद्धिले विद्या आर्जनलाई ५–३ गोलले पराजित ग¥यो । उपाधिसंगै समृद्धिले २० हजार नगद पुरस्कार पायो भने विद्या आर्जनले १० हजार नगद पुरस्कार हात पा¥यो । भ्याली पब्लिकमा प्लस टु अध्ययन गर्न समृद्धिले ६० प्रतिशत छात्रवृत्ति पनि पाएको छ । विद्या आर्जनले ३० प्रतिशत छात्रवृत्तिको अवसर पायो । त्यस्तै सहभागी सबै टोलीका खेलाडीलाई १५ प्रतिशत छात्रवृत्ति प्रदान गरियो ।

समृद्धिका क्याप्टेन बोगटी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता अवधिभर २३ गोल गरेका समृद्धिकै अमृत बस्याल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । विद्या आर्जनका सुविन गिरी उत्कृष्ट गोलरक्षक चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, प्रायोजक स्वस्तिक बुक्स प्रा।लि। का प्रबन्ध निर्देशक सुरज आचार्य, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारी, भद्रकालीकी प्रिन्सिपल अनिता अधिकारी, भ्याली पब्लिकका भाइस प्रिन्सिपल सुशिल वाग्ले र भ्याली पब्लिकका इसीए इन्चार्ज पूर्ण न्यौपानेले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १८ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक अजय बस्नेतले जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.