लेख विवरण

मेजर लिग क्रिकेटले पायो लिस्ट ए मान्यता, दोस्रो सिजन जुलाई ५ देखि हुने

मेजर लिग क्रिकेटले पायो लिस्ट ए मान्यता, दोस्रो सिजन जुलाई ५ देखि हुने

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी)लाई लिस्ट ए को दर्जा दिएको छ । एसोसिएट देशबाट आधिकारिक रुपमा लिस्ट ए मान्यता पाउने यो दोस्रो टी–२० लिग बनेको छ ।

एमएलसीले लिस्ट ए को दर्जा पाएपछि, यसलाई अब आधिकारिक टी–२० लिगको रूपमा मान्यता दिइनेछ।। यस प्रतियोगिताको सबै तथ्याङ्कलाई पनि अब आधिकारिक मान्यता दिइनेछ । यस वर्षको टी–२० विश्वकपपछि लिगको दोस्रो सिजन जुलाई ५ देखि सुरु हुनेछ ।

'हामी यो खबरबाट निकै उत्साहित छौं किनभने प्रतियोगितामा भाग लिने खेलाडीका लागि यो निकै राम्रो हुनेछ,' प्रतियोगिता निर्देशक जस्टिन गिलीले ईएसपीएनक्रिकइन्फोसँग भने।

द गार्जियनको रिपोर्टअनुसार एमसीएलले आगामी केही वर्षमा हाल कायम रहेका ६ टिमलाई बढाएर १० पु¥याउने योजना बनाएको छ । लिगको पहिलो सिजन १९ खेलमा खेलिएको थियो, जुन पछि ३४ खेल हुनेछ । दोस्रो सिजनमा २५ खेल हुनेछन् ।

प्रतियोगिताको पहिलो सिजन सन् २०२३ जुलाई १३ देखि ३१ सम्म खेलिएको थियो। पहिलो सिजनमा १५ समूह चरण र चार प्लेअफ खेलहरू थिए। निकोलस पूरनको कप्तानीमा एमआई न्यूयोर्क पहिलो सिजनको च्याम्पियन बनेको थियो।

ड्यालसको ग्रान्ड पीर स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको ओर्कासले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । जवाफमा कप्तान पुरनको विस्फोटक पारीमा मुम्बईले १६ ओभरमा जित हात पारेको थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.