लेख विवरण

रारा गोल्डकप : आयोजक रारा फुटबल क्लब सेमिफाइनलमा

रारा गोल्डकप : आयोजक रारा फुटबल क्लब सेमिफाइनलमा

काठमाडौंँ । धनकुटामा जारी रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रारा फुटबल क्लबले सेमिफाइनलमा मोरङको डाँगिहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टोली अब उपाधि जित्ने एक कदम नजिक पुगेको छ ।

सेमिफाइनल खेलको क्रममा राराको टोलीले ३६औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि ३९औं मिनेटमा डाँगिहाटले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा राराको टोलीले ४८औं मिनेटमा अर्को गोल गर्दै खेल २–१ ले जितेको थियो ।

राराका चिरिङ गुरुङ उत्कृष्ट खेलाडी घोषित भई नगद पुरस्कार र ट्रफी प्राप्त गरे । बुधबार आयोजक राराले दोस्रो सेमिफाइनल खेल जित्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल विर्तामोड युनाइटेड क्लब झापा र सलहेश युथ क्लब अफ सिरहाबीच मंगलबार हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.