स्वियाटेक र अल्काराज फ्रेन्च ओपनको तेस्रो चरणमा
काठमाडौंँ । शीर्ष वरीयताका इगा स्वियाटेक र तेस्रो वरीयताका कार्लोस अल्काराज फ्रेन्च ओपन टेनिसप्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा पोल्याण्डकी स्वियाटेकले जापानकी नाओमी ओसाकालाई ७–६, १–६, ७–५ ले पराजित गरिन् । अल्काराजले नेदरल्याण्ड्सका २३ वर्षीय जेस्पर डी जोङलाई पराजित गरे ।
पुरुष एकलतर्फ सिटसिपास लगातार छैटौं पटक तेस्रो चरणमा प्रवेश गरेका छन् । उनले जर्मनीका डेनियल अल्टमेयरलाई ६–३, ६–२, ६–७९२०, ६–४ ले पराजित गरे । नवौं वरीयता तथा ग्रीसका स्टेफानोस सिटसिपास के अल्टमेयरले दुई घण्टा ४५ मिनेटमा खेल जितेका थिए । फ्रेन्च ओपनमा यो उनको २४ औं जित हो ।
पुरुष सिंगल्समा काजाकिस्तानका अलेक्जेन्डर बुब्लिकले फ्रान्सका ग्रेगोइर बेरेरेलाई लगातार सेटमा ६–४, ७–५, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
महिला एकलतर्फको दोस्रो राउण्डमा पनि रोमाञ्चक खेलहरू भए । यहाँ शीर्ष वरियताकी इगा स्विटेकले जापानकी नाओमी ओसाकालाई हराउँदै जित निकालिन् । यी दुईबीचको खेल ३ घण्टासम्म चलेको थियो । यसै विधामा आठौं वरियताका ओन्स जेबुर पनि तेस्रो चरणमा पुगेकी छन् । ट्युनिसियाकी जेब्युरले कोलम्बियाकी क्यामिला ओसोरियोलाई ६–३, १–६, ६–३ ले पराजित गरिन् ।

टिप्पणी लेख्नुहोस्