लेख विवरण

ओलम्पिक डे २०२४ का कार्यक्रमहरु सुरु

ओलम्पिक डे २०२४ का कार्यक्रमहरु सुरु

काठमाडौं । ओलम्पिक डे २०२४ को अवसरमा नेपालमा विभिन्न गतिविधिहरु सुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको समन्वयमा नेपालमा ओलम्पिक डेका कार्यक्रमहरु आयोजना गरिन्छ ।

स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले शनिबारदेखि ओलम्पिक डेको गतिविधिहरु सुरु गरिएको जानकारी दिए ।

ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । तर नेपालमा भने स्पोर्ट्स फर अल कमिसनले जुनको सुरुआतदेखि नै विभिन्न कार्यक्रमहरु आयोजना गरेर ओलम्पिक डे मनाउदै आएको छ ।

‘हामी नेपालमा ओलम्पिक डे २०२४ को औपचारिक सुरुआत जुन ८ मा गर्नेछौँ । तर त्यसअघि नै विभिन्न कार्यक्रमहरु सुरु भइसकेको छ ।’– श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार सात वटै प्रदेश, राष्ट्रिय खेल संघ, विभागीय टोली, स्कुल, प्रि स्कुल, सुरक्षा नियका, विभिन्न क्षेत्रका संस्थाहरुसंग सहकार्य गरेर विभिन्न कार्यकम्रहरु गरिनेछ ।

गत वर्ष ३ हजार २ सय ७३ कार्यक्रम आयोजना गरिएको र यस वर्ष चार हजार एक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना भाइबहिनीहरुलाई खेलकुदको विविध पक्षमा बुझाउनका लागि यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ ।

नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । आधुनिक ओलम्पिकको सुरुआत भएको दिन २३ जुनको अवसर पारेर नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.