टी–२० विश्वकपमा आज वेस्ट इन्डिज र पपुवा न्युगिनी भिड्दै
काठमाडौंँ । टी–२० विश्वकप २०२४ को दोस्रो खेलमा आज आयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । दुई पटकको च्याम्पियन वेस्ट इन्डिज र पपुवा न्युगिनी पहिलो पटक टी–२० मा आमनेसामने हुँदैछन् ।
दुवै टोली समूह 'सी' मा छन् । वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच अहिलेसम्म एउटा मात्र अन्तर्राष्ट्रिय खेल भएको छ । सन् २०१८ को एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो ।
प्रोविडेन्स स्टेडियम गुयानामा हुने खेलमा टस जितेर पहिले बलिङ गर्न दुवै टोली चाहन्छन् । यहाँको चेजिङ टिम बढी सफल भएको छ । १३ मध्ये ७ खेलमा लक्ष्य पछ्याएको टोलीले यो मैदानमा जित हात पारेको छ ।

टिप्पणी लेख्नुहोस्