लेख विवरण

टी–२० विश्वकप : पपुवा न्युगिनीविरुद्ध वेस्ट इन्डिजले टस जितेर बलिङ रोज्यो

टी–२० विश्वकप : पपुवा न्युगिनीविरुद्ध वेस्ट इन्डिजले टस जितेर बलिङ रोज्यो

काठमाडौंँ । टी–२० विश्वकप २०२४ को दोस्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । प्रोविडेन्स स्टेडियम गुयानामा हुने खेलमा वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेलले टस जितेर बलिङ रोजेका छन् ।

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज र पपुवा न्युगिनी पहिलो पटक टी–२० मा आमनेसामने हुँदैछन ।

दुवै टोली समूह 'सी' मा छन् । वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच अहिलेसम्म एउटा मात्र अन्तर्राष्ट्रिय खेल भएको छ । सन् २०१८ को एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो ।

वेस्ट इन्डिज : रोभम्यान पावेल (कप्तान), जोनसन चार्ल्स, ब्रैन्डन किङ, रोस्टन चेज, निकोलस पूरन, रोमारियो शेफर्ड, शेरफेन रदरफोर्ड, आन्द्रे रसेल, अकिल होसेन र गुदाकेश मोति।

पपुआ न्यू गिनी : असद वाला (कप्तान), टोनी उरा, सेसे बाउ, हीरी हीरी, चार्ल्स अमिनी, किपलिङ डोरिगा, एली नाउ, चाड सोपर, काबुआ मोरिया र जोन कारिको।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.