लेख विवरण

टी–२० विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमा अलआउट

टी–२० विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमा अलआउट

काठमाडौंँ । टी–२० विश्वकप २०२४ को चौथो खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच न्यूयोर्कको नासाउ क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । खेलमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाका लागि यो निर्णय गलत साबित भयो ।

श्रीलंकाले बाउन्सी विकेटमा ७७ रन मात्र बनाउन सक्यो । न्युयोर्कस्थित नासाउ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले २० भन्दा बढी रन बनाउन सकेनन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोर्जेले ४ तथा केशव महाराजले २ विकेट लिए । दक्षिण अफ्रिकाका तीव्र गतिका बलरहरूले श्रीलङ्काका ७ ब्याट्सम्यानलाई पवेलियन फर्काए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.