टी–२० विश्वकप : स्टार खेलाडीको लगेज चोरी, उडान पनि ढिला
काठमाडौंँ । टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुग्दा अस्ट्रेलियाली क्रिकेट टोलीका खेलाडीको सामान हराएको, उडान ढिलाइ र तीव्र हावाले समस्या भोग्नु परेको छ । क्रिकेट डट कम एयु को रिपोर्ट अनुसार फास्ट बलर प्याट कमिन्स र मिचेल स्टार्क आईपीएल खेलेर केही समय अष्ट्रेलिया फर्केका थिए। त्यसपछि वेस्ट इन्डिज जाने क्रममा कमिन्सको सामान हरायो जसका कारण उनले समस्याको सामना गर्नु परेको थियो । तर, कमिन्सको सामान पछि फेला परेको थियो।
क्रिकेट डट कम एयु वेबसाइटका अनुसार स्टार्क र ग्लेन म्याक्सवेललाई पनि उडान ढिलाइका कारण समस्या भएको थियो । यही कारण दुवैले लस एन्जलसमा एक रात बिताउनुपरेको थियो । यति मात्र होइन, उनले बार्बाडोस पुग्न मियामीमा एक रात बिताउनु परेको थियो । मार्कस स्टोइनिसले पनि आफ्नो किट ढिलो आएका कारण अभ्यास म्याच गुमाएका थिए। अस्ट्रेलियाले पूर्ण खेलाडी नभएका कारण अभ्यास खेलमा सहयोगी स्टाफलाई मैदानमा उतार्नुपरेको थियो ।
अस्ट्रेलियाले जुन ५ मा ओमानविरुद्ध विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ ।
टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोली : मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंगलिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा ।
Aussies getting a taste of Barbados at the aptly named Windward CC.
— Louis Cameron (@LouisDBCameron) June 2, 2024
The ball in the final photo got taken by the wind and landed in a neighbouring backyard, narrowly missing some goats #T20WorldCuo pic.twitter.com/Y1iO7f44jN

टिप्पणी लेख्नुहोस्