टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हरायो
काठमाडौंँ । दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा जित निकाल्दै सुरुआत गरेको छ । टोलीले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो । कप्तान वानिन्दु हसारंगाले टस जितेर कठिन पिचमा ब्याटिङ गर्ने निर्णय गरेपछि श्रीलङ्का ७७ रनमा अलआउट भएको थियो । ७८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पनि ४ विकेट गुमाएको थियो । यो लक्ष्य १७ औं ओभरमा पूरा भएको थियो ।
न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा कुनै पनि ब्याट्सम्यानले २० रनभन्दा बढी रन बनाउन नसक्नुले पिचको कठिनाइको अनुमान लगाउन सकिन्छ । खेलमा १४ विकेट झरेको थियो । जसमा तीव्र गतिका बलरले ९ र स्पिनरले ५ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्