लेख विवरण

नेपालले टस हार्यो, पहिला ब्याटिंग गर्दै

नेपालले टस हार्यो, पहिला ब्याटिंग गर्दै

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले टस हारेको छ ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको हो ।

नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

समूह 'डी' को विश्वकपको यो संस्करणलाई 'ग्रुप अफ डेथ' मानिएको छ । ग्रुप अफ डेथ लाई भनिन्छ जहाँ ठूला टिमहरु साना टिमसँग हार्ने खतरामा हुन्छन् । दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, नेदरल्यान्ड्स र नेपाल । यसमा नेदरल्याण्ड्स र नेपाल स–साना टिममा छन्, जसले जुनसुकै बेला पनि अपसेट गर्न सक्छन् । यो समूहको यो दोस्रो खेल हो ।

नेपालले दोस्रो पटक र नेदरल्याण्ड्सले छैटौं पटक विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा र नेदरल्याण्ड्सले सन् २००९, २०१४, २०१६, २०२१ र २०२२ मा खेलेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले पछिल्लो १२ महिनामा सर्वाधिक रन बनाएका छन् । उनले २८ खेलमा ७ सय ३२ रन बनाएका छन् । यस्तै दायाँ हाते मध्यम गतिका बलर अविनाश बोहरा टिमका सर्वाधिक विकेट लिने बलर हुन् ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले पछिल्लो १२ महिनामा सर्वाधिक रन बनाएका छन् भने भिभ किङ्माले सर्वाधिक विकेट लिएका छन् । लेविटले ९ खेलमा ३ सय ४९ रन बनाएका छन् । बलिङमा शीर्ष स्थानमा रहेका किङ्माले ९ खेलमा १२ हार बेहोरेका छन् । लेविटले विश्वकपमा डेब्यु गरेका छन् । उनले गत फेब्रुअरीमा नेपालविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

दुवै टोली यसअघि १२ पटक टी–२० खेलमा आमनेसामने भएका छन् । टी–२० विश्वकपमा यो पहिलो पटक हुनेछ । पछिल्लो १२ खेलमा नेपाल ५ र नेदरल्याण्ड्स ६ मा विजयी भएका छन् । एक खेलको नतिजा विहिन भएको थियो ।

दुई टोलीबीचको अन्तिम सिरिज यही वर्ष फेब्रुअरी–मार्चमा खेलिएको थियो । जसमा नेदरल्यान्ड्स २–१ ले विजयी भएको थियो ।

दुवै टोलीको प्लेइङ ११ :

नेपाल : रोहित कुमार पौेडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल ।

नेदरल्यान्ड्स : स्कट एडवर्ड्स (कप्तान), माइकल लेविट, म्याक्स ओडाउड, विक्रमजीत सिंह, बेस डी लिड, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, लोगन भान बीक, टिम प्रिङ्गल पॉल वैन मीकेरेन र विवियन किंगमा।

 

 

 

 


 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.