लेख विवरण

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपालका दुवै ओपनर १५ रनमा पेभेलियन फर्किए

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपालका दुवै ओपनर १५ रनमा पेभेलियन फर्किए

काठमाडौंँ । टी–२० विश्वकप २०२४ को सातौं खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । ड्यालसको ग्रान्ड प्रेयरी स्टेडियममा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ ओभरमा २ विकेट गुमाएर २१ रन बनाएको छ । अनिल साह र कप्तान रोहित पौडेल अहिले क्रिजमा छन् ।

ओपनर कुशल भुर्तेलले ७ र आसिफ शेखले ४ रन बनाएर पेभेलियन फर्केका छन् ।

वर्षाका कारण खेल सुरु हुन ढिलाइ भएको थियो । दुवै टिमका लागि यो प्रतियोगिताको पहिलो खेल हो ।

दुवै टोलीको प्लेइङ ११ :

नेपाल : रोहित कुमार पौेडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल ।

नेदरल्यान्ड्स : स्कट एडवर्ड्स (कप्तान), माइकल लेविट, म्याक्स ओडाउड, विक्रमजीत सिंह, बेस डी लिड, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, लोगन भान बीक, टिम प्रिङ्गल पॉल वैन मीकेरेन र विवियन किंगमा।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.